राष्ट्रिय सभा निर्वाचनका लागि मतदान भोलि

नेपालभ्युज

राष्ट्रिय सभा निर्वाचनका लागि मतदान भोलि

काठमाडौं। राष्ट्रिय सभातर्फ २० फागुनबाट रिक्त हुने १९ पदमा भोलि बुधबार निर्वाचन हुँदैछ। निर्वाचनमा सत्ता गठबन्धनमा रहेका पाँच दल गठबन्धन नै बनाएर उत्रिएका छन्। उनीहरूले निर्वाचनका लागि पद बाँडफाँड गरिसकेका छन्। यस्तै प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको नेकपा एमालेले भने सातै प्रदेशमा आफ्ना उम्मेदवार अघि सारेको छ ।
ती पदमा ४३ जना उम्मेदवारको उम्मेदवारी परेको छ।

२० फागुनबाट राष्ट्रिय सभामा रिक्त हुने १९ पदमध्ये ८ पद एमालेका तर्फबाट रिक्त हुँदै छ। यस्तै, एकीकृत समाजवादीका चार, माओवादी केन्द्रका चार र काँग्रेसका तीन सदस्यको पदावधि पनि सोही मितिमा सकिँदै छ। तर, गठबन्धनसहित अघि बढेका सत्तारूढ दललाई राष्ट्रिय सभा निर्वाचनमा थप नाफा हुने देखिँदा एमालेलाई भने चुनौती थपिएको छ।

निर्वाचन आयोगले ७ महिला, ३ दलित, २ अपाङ्गता भएका तथा अल्पसङ्ख्यक र ७ अन्य विभिन्न समूह गरी १९ सिटका लागि निर्वाचन गराउन लागेको हो।

जसमध्ये नेकपा (एमाले)बाट १९ जना, नेपाली कांग्रेसबाट ६ जना, नेकपा (माओवादी केन्द्र) बाट ५ जना, नेकपा (एकीकृत समाजवादी)बाट ५ जना, जनता समाजवादी पार्टी, नेपालबाट २ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २ जना, नेपाल मजदुर किसान पार्टीबाट २ जना, लोकतान्त्रिक समाजवादी पार्टीबाट १ जना र राष्ट्रिय जनमोर्चाबाट १ जनाको उम्मेदवार छन् ।

सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपा र राष्ट्रिय जनमोर्चाले गठबन्धन कायम राख्दै एमालेकोतर्फबाट रिक्त हुने सिटमा समेत भागबन्डा गरेर जाने निर्णय गरेपछि एमाले एक्लैअघि बढेको छ । मधेस प्रदेशमा एमालेलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले समेत सघाउने वचन दिएको छ ।

गठबन्धनमा रहेका दलबीच भएको सहमतिअनुसार एमालेले जितेका ८ सिटमा कांग्रेसले ३, जसपाले २, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमोर्चाले १÷१ सिट पाउने गरी भागबन्डा गरिसकेका छन् । १९ पद रिक्त हुँदा भएको भागबन्डामा कांग्रेसको भागमा ६ सिट, माओवादी केन्द्र र नेकपा एसले ५÷५ सिट तथा जसपालाई २ र जनमोर्चालाई एक सिट परेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved