जोरबिजोर प्रणालीलाई आजबाट थप कडाइ गर्ने तयारी

नेपालभ्युज

जोरबिजोर प्रणालीलाई आजबाट थप कडाइ गर्ने तयारी

काठमाडौं। कोरोनाको तेस्रो लहर बढ्दै गएपछि सरकारले यातायातका साधनमा लागू गरेको जोरबिजोर प्रणालीले भिडभाड केही घटेको छ । शनिवारबाट उपत्यकामा जोरबिजोर प्रणाली लागु गरिएको हो। आइतबारबाट जोरबिजोर प्रणालीमा थप कडाइ गर्ने प्रशासनको तयारी छ ।

जोरबिजोर प्रणाली कार्यान्वयनका लागि प्रहरीले उपत्यकाभित्र ठाउँ ठाउँमा चेक प्वाइन्ट बनाएको छ । काठमाडौंमा मात्रै यस्ता २६ भन्दा धेरै प्वाइन्ट बनाएको प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीसँगको सहकार्यमा बनाइएको चेक प्वाइन्टमा शनिबार छिटपुटबाहेक कुनै पनि यातायातका साधनलाई नियन्त्रणमा लिइएन । पहिलो दिन भएकाले सम्झाएर पठाएको, तर आइतबारदेखि कडाइ गर्ने प्रहरीको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved