गण्डकीमा दुई जना संक्रमितको मृत्यु

नेपालभ्युज

गण्डकीमा दुई जना संक्रमितको मृत्यु
सांकेतिक तस्वीर।

पोखरा। गण्डकी प्रदेशमा कोभिड १९ बाट थप दुईजनाको मृत्यु भएको छ। योसँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार चार सय ३२ पुगेको छ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार पर्वतकी एक महिला र गोरखाका एक पुरुषको मृत्यु भएको हो। पर्वतको कुश्मा नगरपालिका–१३ की २३ वर्षीया महिलाको बिहीबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो। उनमा बिहीबार नै कोरोना संक्रमणको पुष्टि भएको थियो।

मृत्यु हुने अर्का एकजना गोरखाको गोरखा नगरपालिका–११ का ४० वर्षीय पुरुष रहेका छन्। बिहीबार मात्र संक्रमणको पुष्टि भएका उनको पनि बिहीबार नै मृत्यु भएको हो। शुक्रबार गण्डकी प्रदेशमा ९ सय जना कोभिड संक्रमित थपिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved