प्रदेश १ मा थपिए एक हजार ६० जना कोरोना संक्रमित

नेपालभ्युज

प्रदेश १ मा थपिए एक हजार ६० जना कोरोना संक्रमित

विराटनगर। प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा थप एक हजार ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार एक हजार ३९७ जनाको पीसीआर परीक्षण गर्दा ८४५ तथा ५६७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २१५ जनामा कोरोना सङ्क्रमण देखिएको हो। पीसीआर परीक्षण गर्दा मोरङको विराटनगरमा ३२०, बुढीगङ्गामा १८, उर्लाबारीमा नौ, सुन्दरहरैचामा सात, कटहरीमा चार, बेलबारी र स्थानीय तह नखुलेका तीन-तीन, पथरीशनिश्चरे, ग्रामथान, धनपालथान र रतुवामाईमा दुई-दुई तथा केराबारी, रङ्गेली, लेटाङ, सुनवर्षी र मिक्लाजुङमा एक-एक जनामा कोरोना पुष्टि भएको हो।

यस्तै सुनसरीको धरानमा १५९, इटहरीमा ५५, बर्जुमा पाँच, दुहवी, बराहक्षेत्र, इनरुवा र देवानगञ्जमा चार-चार, हरिनगरमा तीन, भोक्राहा र रामधुनीमा दुई-दुई तथा कोशी गाउँपालिकामा एक र स्थानीय तह नखुलेका ११ जनामा कोरोना देखिएको छ। झापाको विर्तामोडमा ३८, भद्रपुरमा ३०, कनकाई र दमकमा १९, अर्जुनधारामा १२-१२, बुद्धशान्ति र शिवसताक्षीमा ६-६, मेचीनगरमा पाँच, हल्दिबारीमा तीन, कमल र झापा गाउँपालिकामा दुई-दुई तथा गौरादह, बाहृदशी र स्थानीय तह नखुलेका दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

यस्तै धनकुटाको धनकुटा नगरपालिकामा सात, छथरजोरपाटीमा तीन, महालक्ष्मीमा दुई र पाख्रिबासमा एक, उदयपुरको कटारी र स्थानीय तह नखुलेका दुई-दुई जनामा, बेलकामा एक, तेह्रथुमको लालीगुराँस र स्थानीय तह नखुलेका एक-एक जना, इलामको इलाम नगरपालिका र माईमा एक-एक, ओखलढुङ्गाको मोलुङ, पाँचथरको फिदिम, भोजपुरको भोजपुर नगरपालिका र खोटाङको जन्तेढुङ्गामा एक-एक तथा प्रदेश बाहिरका ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

प्रदेशमा आज २५ महिलासहित ४८ जना कोरोनाबाट मुक्त भएका छन्। कोरोनाबाट एक महिलाको मृत्यु भएको छ। हाल प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ५१५ रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved