दश सचिव कामविहीन, प्रधानमन्त्री कार्यालयमा लगेर थन्काइयो

प्रधानमन्त्री कार्यालयमा पाँच जना सचिव कार्यालयमा आउने र हाजिर गरी फर्किने गरेका छन्।

दश सचिव कामविहीन, प्रधानमन्त्री कार्यालयमा लगेर थन्काइयो

काठमाडौं। सरकारले दश जना सचिवलाई कामविहीन बनाएको छ। विभिन्न मन्त्रालयबाट सरुवा गरी दश जना सचिवमा अत्तिरिक्तमा राखी कामविहीन बनाइएको हो।

विभिन्न संवैधानिक निकाय, संघीय मन्त्रालय र प्रदेशहरूका प्रमुख सचिव गरी अहिले मुख्य सचिव समेत ७० सरकारका निकायगत सचिव तथा विशिष्ट श्रेणीका पदाधिकारीहरू छन्। यीमध्ये प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मात्रै १० जना सचिवको टोली छ। प्रधानमन्त्री कार्यालयमा एक जना मुख्यसचिव र ९ जना सचिवको जम्बो टोली छ। तीमध्ये ५ सचिवलाई कामविहीन बनाइएको छ।

उक्त कार्यालयमा मुख्यसचिव शंकरदास बैरागीसहित शिशिर कुमार ढुङ्गाना, यामकुमारी खतिवडा, लक्ष्मण अर्याल, डा. रमेशप्रसाद सिंह, रामप्रसाद थपलिया, सूर्यप्रसाद गौतम, धनराज ज्ञवाली, खगेन्द्रप्रसाद नेपाल र मधुसुदन बुर्लाकोटी रहेका छन्।

यीमध्ये आर्थिक तथा पूर्वाधार विकास सचिव ढुंगानालाई बनाइएको छ भने सचिव अर्याललाई प्रशासन र नतिजा व्यवस्थापनको जिम्मेवारी, गौतमलाई राष्ट्रिय सुरक्षा र सुशासन, सचिव ज्ञवालीलाई कानून तथा मानव अधिकारको जिम्मेवारी दिइएको छ। सामाजिक विकास, तथा प्रादेशिक समन्वयको जिम्मेवारी भने सचिव थपलियाले पाएका छन्।

यीबाहेक बुर्लाकोटीलाई अतिरिक्त सचिव तोकेरै राखिएको छ भने अन्य तीन जना जनालाई कुनै जिम्मेवारी नदिई कामविहीन बनाइएको छ।

कार्यालयको सांगठनिक संरचनाअनुरूप मन्त्रिपरिषद्, संवैधानिक विकास तथा प्रशासन, राष्ट्रिय सुरक्षा, सामाजिक विकास, तथा प्रादेशिक समन्वय, नतिजा व्यवस्था तथा सुशासन र आर्थिक तथा पूर्वाधार विकास र पाँचमा कानून तथा मानव अधिकार गरी चार जना सचिवको लागि मात्रै ठाउँ खाली छ।

कार्यालयको वेबसाइटमा भने खतिवडालाई पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकै सचिवकै जिम्मेवारीमा राखिएको छ। यसअघि स्वास्थ्य मन्त्रालय हेर्ने जिम्मेवारीमा रहेका सचिव नेपाललाई भने विशेष सचिवको रूपमा राखिएको छ। सचिव नेपालको स्वास्थ्य समस्याका कारण हिँडडुल समेत गर्न नसक्ने अवस्थामा हुँदा विशेष सचिवको सुविधा दिइएको हो।
यसरी प्रधानमन्त्री कार्यालयमा पाँच जना सचिव कार्यालयमा आउने र हाजिर गरी फर्किने गरेका छन्।

केन्द्रमा सचिवहरूलाई कामविहीन बनाइए पनि मधेश प्रदेश, सुदूरपश्चिम प्रदेश र बाग्मति प्रदेशमा प्रमुख सचिव पद खाली छ। अतिरिक्त कोटामा रहेका सचिव बुर्लाकोटीलाई गत २५ पुषमा प्रधानमन्त्री कार्यालयमा तानेपछि सुदूपश्चिममा प्रमुख सचिव पद खाली छ भने बाग्मति प्रमुख सचिव किरणराज शर्मा र मधेश प्रदेशमा हरि मैनालीलाई सरुवा गरेपछि पद खाली नै छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved