सामाजिक सञ्जालमा आउने मिथ्या सूचनाबारे जनचेतना फैलाउँदै टीकाराज

सामाजिक सञ्जालमा आउने मिथ्या सूचनाबारे जनचेतना फैलाउँदै टीकाराज
सांकेतिक तस्वीर

काठमाडौं। कालीकोट रासकोट गाउँपालिका वडा नम्बर ४ का टीकाराज उपाध्यायको दैनिकी अहिले फेरिएको छ।

केही महीनाअघिसम्म सामाजिक सञ्जालमा धेरै समय बिताउने टीकाराज अहिले गाउँघरका हालखबर पनि बुझ्ने गर्छन्। उनले गत माघ महीनामा गैरसरकारी संस्था प्लान इन्टरनेशनल, युथहब र युवालयमार्फत एक तालीम लिए। जुन तालीममा सामाजिक सञ्जालमा गत सूचना, दुष्प्रचार र घृणित अभिव्यक्तिलाई कसरी छुट्टाउने भन्नेबारे विस्तृत जानकारी दिइएको थियो।

जुम एप्लिकेसनमार्फत लिइएको पाँचदिने तालीम लिएपछि उनलाई भर्खरै इन्टरनेटमा लत बसाल्न थालेका आफ्ना गाउँका किशोरकिशोरी, बालबालिका, युवा तथा महिलाबारे उनलाई चासो बढ्न थाल्यो। उनी भन्छन्, “हामी सेवा सुविधाका हिसाबले दुर्गममा बस्छौं। तर, पनि अहिले इन्टरनेट र मोबाइल फोनको प्रयोग गर्नेहरू बढिरहेका छन्। तर, त्यसलाई कसरी चलाउने भन्नेबारे कसैलाई थाहा छैन। सामाजिक सञ्जालमा भेटिएका सबै सूचनाहरू पत्याउने, शेयर लाइक/कमेन्ट गर्दा गम्भीर समस्या बढ्न थालेका छ। मैले तालीम लिएर यहाँ विभिन्न क्षेत्रमा यी कुरा सम्झाउँदै गएको छु। यसले केही परिवर्तन भएको छ। म परिवर्तन भएँ। अब मेरो समाज परिवर्तन गर्नुछ। अचेल म यसैमा व्यस्त छु।”

कालीकोटमा प्लान नेपालले हाम्रो स्थानीय तहमा किशोर-किशोरीसम्बन्धि कार्यक्रम अहिले पनि चलिरहेको छ। टीकाराज पनि त्यस संस्थासँग जोडिएका रहेछन्। त्यही संस्थाको सहकार्यमा हुन लागेका उक्त तालीममा टीकाराज थाहा नपाउँदै नाम छनोट भएछ। सामाजिक क्रियाकलापमा भाग लिन पाउँदा खुशी हुने टीकाराज आफ्नो नामा छनोट भएको थाहा पाएपछि निकै खुशी भए। आफूले तालीम लिएर समाज परिवर्तन गर्न सक्ने कुरा भएको थाहा पाएपछि त उनी उत्साहित नै भए।

आफूले थाहा नपाएको कुरा थाहा पाउँदा टीकाराज अहिले सामाजिक सञ्जालको प्रयोग बारे अरुलाई दिनहूँ सिकाउँछन्।
“खासगरी अहिले कालीकोट जस्तो दुर्गम जिल्लामा इन्टरनेट चलाउनेहरू बढिरहेका छन्। उनीहरूले त्यहाँ भेटिएका सूचनाहरूलाई बुझ्न सकेका हुँदैनन्। भेटिएका सूचनाहरूको आधिकारिक स्रोत खोजेर मात्रै शेयर गर्ने कुरा उनीहरूलाई थाहा हुँदैन। यसले समाजमा भ्रम फैलाउने र घृणा फैलाउने अवस्थाको सृजना हुन सक्छ। त्यस काराण सामाजिक सञ्जालमा भेटिएका समाचार तथा सूचनाको स्रोत पत्ता लगाएर मात्रै शेयर कमेन्ट र लाइक गर्नुपर्छ।”

टीकाराज भन्छन्, “म आफै पनि सामाजिक सञ्जाल चलाउँदा यसअघि समाचार र सूचनाहरू पढेर शेयर गर्ने गर्थेँ। यसमा अहिले धेरै परिवर्तन भएको छ। तालीम लिएपछि मैले आफ्नो वरिपरीका किशोर किशोरी र नयाँ प्रयोगकर्ताहरूलाई खासगरी १८ वर्षमाथि र ३० वर्षमुनिका ३० जना व्यक्तिलाई यसबारे जानकारी दियौं। यसले मेरो समाजमा धेरै फाइदा भएको छ।”

उनले सामाजिक सञ्जाललाई जथाभावी प्रयोग नगर्न सुझाव दिँदै भने, “मैले मेरो व्यक्तिगत कुरा भनेर सामाजिक सञ्जालमा धेरै कुराहरू राखिररहेको हुन्छु। तर, त्यो धेरैले परिढरहेका हुन्छन्। त्यसकारण पहिलो कुरा त सामाजिक सञ्जाल चलाउनेले नै सही कुराहरू मात्रै शेयरु गर्नुपर्‍ यो भने शेयर र कमेन्ट गर्दा पनि विशेष ख्याल गर्नुपर्छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved