काठमाडौंमा सूचना प्रविधि पार्क बनाइने, फिल्मका लागि इनडोर/आउटडोर छायांकन स्टुडियो

नेपालभ्युज

काठमाडौंमा सूचना प्रविधि पार्क बनाइने, फिल्मका लागि इनडोर/आउटडोर छायांकन स्टुडियो

काठमाडौं । सरकारले सञ्चार तथा प्रविधि मन्त्रालयका लागि सात अर्ब ७२ करोड बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्दै यसबारे जानकारी दिएका हुन् ।

सरकारले काठमाडौंमा सूचना प्रविधि पार्क बनाउने भएको छ । साथै, निजीसँगको साझेदारीमा एआई सेन्टर बनाइने पौडेलले जानकारी दिए ।

सरकारले डिजिटल पूर्वाधारको सिस्टम विकासका लागि ७४ करोड विनियोजन गरेको छ ।

सरकारले स्वदेशी तथा विदेशी फिल्म निर्माणका लागि इनडोर/आउटडोर छायांकन स्टुडियो बनाउन प्रोत्साहत गर्ने भएको छ ।

साथै, फोर जी सेवा देशभर विस्तार गरिनेछ । काठमाडौंमा फाइभजी सेवा ल्याइने पौडेलले जानकारी दिए ।

साथै, सरकारले डाटा सेन्टर बनाउने योजना ल्याएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved