कोरोनाविरुद्ध खोप नलगाएकालाई सार्वजनिक स्थानमा हिँडडुल गर्न बन्देज!

नेपालभ्युज

कोरोनाविरुद्ध खोप नलगाएकालाई सार्वजनिक स्थानमा हिँडडुल गर्न बन्देज!

काठमाडौं। कोरोनाविरुद्ध खोप लगाएको कार्ड छैन भने अब तपाईँ सार्वजनिक स्थानमा हिँडडुल गर्न पाउनु हुन्न। किनभने सरकारले ७ माघदेखि कोरोना खोप लगाएको कार्ड नभएकालाई सार्वजनिक स्थलमा हिँडडुल गर्न नदिने भनेको छ।

गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा मंगलबार गृह मन्त्रालयमा बसेको बैठकले यही माघ ७ गतेबाट खोप कार्डबिना हिँडडुल गर्न नपाइने निर्णय गरेको हो।

कोरोना संक्रमण दर बढ्दै गएपछि नियन्त्रण गर्न कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) ले गरेको उक्त सिफारिसलाई सरकारले कार्यान्वयन गर्ने भएको हो।
मोबाइलमा भए पनि खोप कार्डको फोटो खिचेर राख्दा हिँडडुल गर्न सहज हुने बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved