डिशहोममार्फत अब विश्वभरबाट ‘शर्ट फिल्म’ हेर्न सकिने

नेपालभ्युज

डिशहोममार्फत अब विश्वभरबाट ‘शर्ट फिल्म’ हेर्न सकिने

काठमाडौं। डिशहोमले शर्ट टिभीसँगको सहकार्यमा छोटा फिल्महरूको प्रसारण शुरु गरेको छ। शर्ट टिभीका अध्यक्ष तथा कार्यकारी अधिकृत (सीईओ) कार्टर पिल्चरले सोमबार भर्चुअल कार्यक्रममार्फत नेपालमा शर्ट टिभी शुभारम्भ गरेका हुन्।

डिशहोमका प्रवन्ध निर्देशक सुदीप आचार्यले शर्ट टिभी लन्च गर्ने नेपाल दक्षिण एसियामा दोस्रो मुलुक भएको दाबी गर्दै यसबाट नेपाली छोटा फिल्मको अन्तर्राष्ट्रिकरण हुने बताए। पछिल्लो समय शर्ट फिल्मतर्फ दर्शक, कलाकार र निर्माणको आकर्षण बढेको बेला डिशहोमले नेपालमा फरक प्लेटफर्मबाट आफ्ना दर्शकका लागि यस्तो योजना ल्याएको हो।

डिशहोमको च्यानल नम्बर ९२८ बाट शर्ट फिल्म हेर्न सकिने कम्पनीका प्रवन्ध निर्देशक आचार्यले जानकारी दिए। उनकाअनुसार यो च्यानलमा ओस्कारका लागि मनोनयन भएका नेपालीदेखि भारतीय, टर्किस, इरानी, ब्रिटिस र अमेरिकी शर्ट फिल्म हेर्न सकिने छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved