३० लाख रुपैयाँको स्रोत खुलाउन नसकेपछि महोत्तरीमा एक जना पक्राउ

नेपालभ्युज

३० लाख रुपैयाँको स्रोत खुलाउन नसकेपछि महोत्तरीमा एक जना पक्राउ
सांकेतिक तस्वीर

महोत्तरी। मटिहानी नगरपालिका-८ बाट स्रोत नखुलेको ३० लाख नगद रुपैयाँसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही मटिहानी-३ बर्दा बस्ने २३ वर्षीय सहाउदिन राइन रहेका प्रहरीले जनाएको छ।

आइतबार दिउँसो भारतबाट नेपालतर्फ आउँदै गरेको ज६प ६९४४ नम्बरको मोटरसाइकल प्रहरीले जाँच गर्ने क्रममा १ हजार दरको ३० बण्डलमा रहेको रकमसहित उनलाई पक्राउ गरिएको मटिहानी प्रहरीले जनाएको छ।

रकमको स्रोत खुलाउन नसकेपछि उनलाई नियन्त्रणमा लिइएको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved