वालिङ नगरपालिकामा कोरोनाबाट मृत्यु भएका व्यक्तिको परिवारलाई २५ हजार सहयोग

नेपालभ्युज

वालिङ नगरपालिकामा कोरोनाबाट मृत्यु भएका व्यक्तिको परिवारलाई २५ हजार सहयोग

स्याङ्जा । जिल्लाको वालिङ नगरपालिकाले कोभिड–१९ का कारण ज्यान गुमाएका परिवारलाई २५ हजार रुपैयाँ उपलब्ध गराएको छ। नगरपालिकाले राहत र काजकिरिया खर्चबापत प्रतिपरिवार २५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताए।

नगरपालिकाले बनाएको विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि, २०७७ लाई आधार मानेर राहतस्वरूप रकम उपलब्ध गराइएको प्रमुख खाँणले जानकारी दिए। नगरपालिकाले १५ पुससम्म ४९ जनालाई राहत र काजकिरियाबापत १२ लाख २५ हजार रुपैयाँ उपलब्ध गराइसकेको लेखा सहायक ईश्वरीप्रसाद तिवारीले बताए।

भुक्तानी दाबी गर्न कोभिड–१९ का कारण मृत्यु भएको अस्पतालले उपलब्ध गराएको प्रमाण, सम्बन्धित वडाबाट मृत्यु दर्ताको प्रमाण तथा सिफारिससहित नगरपालिका कार्यालयमा निवेदन दिनुपर्ने नगरपालिकाले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved