भारतको नयाँ टेस्ट कप्तान रोहित कि राहुल ?

नेपालभ्युज

भारतको नयाँ टेस्ट कप्तान रोहित कि राहुल ?

एजेन्सी। दक्षिण अफ्रिकाविरुद्धको टेस्ट सिरिजमा पराजय बेहोरेपछि विराट कोहलीले टेस्ट टिमको कप्तानी छोडेका छन्। यससँगै भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले नयाँ टेस्ट कप्तानको खोजी शुरु गरेको छ।

बोर्ड सचिव जय शाह र अन्य छनोटकर्ताले नयाँ कप्तानीका लागि प्रशिक्षक राहुल ड्रविडसहित खेलाडीहरू रोहित शर्मा र केएल राहुलसँग छलफल गरिरहेको छ। भारतले श्रीलंकाविरुद्ध फेब्रुअरीमा अर्को टेस्ट सिरिज खेल्दैछ, उक्त खेलका लागि पनि बोर्डले नयाँ कप्तान खोजीको कामलाई तीव्रता दिएको छ। र कोहलीको राजीनामापछि कप्तानीको लाइनमा रोहित शर्मा र केएल राहुल छन्।

स्रोतका अनुसार तीनवटै ढाँचामा अनुभव भएको र कप्तान पनि भइसकेकाले टेस्ट कप्तानको दौडमा अग्रपंक्तिमा छन्। विराटको डेपुटीको रूपमा पनि काम गरिसकेकाले नयाँ कप्तानका रूपमा उनको नाम चर्चामा छ। अर्कोतर्फ बोर्डले अर्का खेलाडी राहुलसँग पनि छलफल गरिरहेको चर्चा चलेको छ।

राहुल करियरको शुरुआती चरणमै छन्, तर बोर्डभित्रै उनलाई कप्तान बनाउनका लागि पनि छलफल भइरहेकाले उनी पनि कप्तानकै लाइनमा छन्। यद्यपि, सबै छनोटकर्ताले टिम इन्डियाको नेतृत्वसँग छलफल गरेर कप्तानबारे निर्णय लिनेछ।

दक्षिण अफ्रिकामा १–२ ले सिरिज गुमाएपछि कोहलीले टेस्ट कप्तानीबाट राजीनामा दिएका थिए। करीब सात वर्षदेखि टेष्ट टोलीको कप्तान रहेका कोहलीले केही समयअघि टी–२० र एकदिवसीय टोलीको कप्तानी गुमाएका थिए। यस्तो अवस्थामा अब टी–२० र ओडीआईको कमाण्ड रोहित शर्माको हातमा आएको छ।

रोहित शर्मा र केएल राहुलबाहेक नयाँ कप्तानको दौडमा ऋषभ पन्त, श्रेयस अय्यर, रविचन्द्रन आश्विनलगायत पनि छन्। सुनील गावस्कर र युवराज सिंह जस्ता दिग्गज खेलाडीहरूले लामो टिमले कप्तानी पाओस् भनेर ऋषभ पन्तलाई कप्तान बनाउने पक्षमा खुलेर देखिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved