काठमाडौंमा आजदेखि बुस्टर डोज, १७ ठाउँबाट लगाउन पाइने

नेपालभ्युज

काठमाडौंमा आजदेखि बुस्टर डोज, १७ ठाउँबाट लगाउन पाइने

काठमाडौं। काठमाडौंका १७ ठाउँमा आजदेखि कोरोना भाइरसविरुद्धको खोपको बुस्टर मात्रा दिइँदैछ। हिजोदेखि नै बुस्टर मात्रा लगाउने भनिए पनि तयारी नपुगेको भन्दै हिजो सुरु हुन सकेन ।
तत्कालका लागि अग्रपङ्क्तिमा काम गर्नेहरुलाई बुस्टर मात्रा दिइने छ। अहिले खोप सञ्चालन भइरहेका काठमाण्डौका १७ खोप केन्द्रबाट बुस्टर मात्रा लगाउन सकिने स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख शम्भु काफ्लेले जानकारी दिए।

बुस्टर मात्रा लगाउन दुवै मात्रा खोप लगाएको कम्तीमा ६ महिना पूरा हुनुपर्नेछ । यस्तै, यसअघिको खोप कार्ड पनि अनिवार्य लैजानु पर्नेछ। आउँदो १४ गतेदेखि ६० वर्षभन्दा माथिका व्यक्तिलाई बुस्टर मात्रा दिइनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved