प्रदेश १ मा ३४७ जनामा कोरोना संक्रमण

नेपालभ्युज

प्रदेश १ मा ३४७ जनामा कोरोना संक्रमण

काठमाडौं। प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा ३४७ जनामा कोरोना सङ्क्रमण भएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार ६९५ जनाको पीसीआर परीक्षण गर्दा ३०४ र २५६ जनाको एन्टिजेन परीक्षण गर्दा ४३ जनामा सङ्क्रमण देखिएको हो।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १६६, झापामा ५८, सुनसरीमा ५१, उदयपुरमा पाँच, ताप्लेजुङ र भोजपुरमा दुई/दुई, खोटाङमा एक र प्रदेश बाहिरका १९ जनामा सङ्क्रमण भएको हो।

प्रदेशमा आज सात महिलासहित २१ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने सक्रिय सङ्क्रमित सङ्ख्या एक हजार ६८० रहेको मन्त्रालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved