टी-१० क्रिकेट प्रतियोगिताको उपाधि कैलपाललाई

नेपालभ्युज

टी-१० क्रिकेट प्रतियोगिताको उपाधि कैलपाललाई

बैतडी । दशरथचन्द नगरपालिका ११ मा भएको एनआरवाइसी टी–१० क्रिकेट प्रतियोगिताको उपाधि कैलपाल क्रिकेट क्लबले जितेको छ। आज सम्पन्न फाइनल खेलमा आयोजक एनआरवाइसी टिमलाई ६ विकेटले हराएर कैलपालले उपाधि हात पारेको हो। एनआरवासीले दिएको ११९ रनको लक्ष्य कैलपालले ९‍‍.१ ओभरमा ४ विकेट गुमाउँदै पार गर्‍यो।

कैलपालबाट ओपनर प्रदीप चन्दले अर्धसतकिय पारी खेल्दै नटआउट ७३ रन जोडे। यस्तै अर्का ओपनर राजु भाटले १५ र महेश चन्दले १८ रन बनाए। एनआरवासीका लागि कप्तान मदन चन्दले २ विकेट लिए।
त्यसअघि बगलेखान खेलमैदानमा पहिला ब्याटिङ्ग गरेको एनआरवाइसीले निर्धारित १० ओभरमा ३ विकेटको क्षतिमा ११८ रन जोड्यो। उसका लागि राम चन्दले सर्वाधिक ६४ रनको योगदान गरे। कैलपालका लागि महेश चन्द र गोविन्द नाथले एकरएक विकेट हात पारे। म्यान अफ द फाइनल कैलपालका प्रदीप चन्द भए।

उपाधिसँगै कैलपालले २० हजार पुरस्कार हात पारेको छ भने उपविजेता एनआरवाइसीले १० हजारमा जितेको छ। प्रतियोगिताभर २२० रन बनाउदैँ २ विकेट लिएका कैलपालका प्रदीप चन्द म्यान अफ द सिरिज घोषित भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved