टोकियोमा प्रवेश परीक्षाका क्रममा चक्कु प्रहारबाट तीन जना घाइते

स्थानीय प्रहरीले घटनामा संलग्न एक १७ वर्षीय युवकलाई हत्या प्रयासको आशंकामा पक्राउ गरेको छ।

नेपालभ्युज

टोकियोमा प्रवेश परीक्षाका क्रममा चक्कु प्रहारबाट तीन जना घाइते
सांकेतिक तस्वीर

एजेन्सी। जापानको टोकियो विश्वविद्यालयको प्रवेश परीक्षाका क्रममा चक्कु प्रहारबाट तीन जना घाइते भएका छन्।

जापानी प्रसारक एनएचकेका अनुसार स्थानीय प्रहरीले घटनामा संलग्न एक १७ वर्षीय युवकलाई हत्या प्रयासको आशंकामा पक्राउ गरेको छ।

पीडितहरूलाई पछाडिको भागमा चोट लागेको र अस्पताल लगिएको बताइएको छ।

घाइतेमध्ये दुई जना उच्च माध्यमिक विद्यालयका विद्यार्थी थिए जो त्यस दिन प्रवेश परीक्षा दिन आएका थिए भने अर्का पीडित ७० वर्षीय पुरुष थिए।

उक्त घटना बारे छानबिन भइरहेको बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved