सामाजिक, सांस्कृतिक एकताका लागि माघी पर्वले प्रेरणा देओस्: मुख्यमन्त्री भट्ट

मुख्यमन्त्री भट्टले माघीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै सामाजिक र सांस्कृतिक एकताको कामना गरेका हुन्।

नेपालभ्युज

सामाजिक, सांस्कृतिक एकताका लागि माघी पर्वले प्रेरणा देओस्: मुख्यमन्त्री भट्ट

काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले माघी (माघे संक्रान्ति) पर्वले प्रदेशवासीमा सामाजिक र सांस्कृतिक एकता कायम गर्ने, पारिवारिक सम्बन्ध सुमधुर बनाउनमा सघाउ पुर्‍याउने प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन्।

मुख्यमन्त्री भट्टले माघीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै सामाजिक र सांस्कृतिक एकताको कामना गरेका हुन्।

कोभिड–१९ को ओमिक्रोन नामको नयाँ भेरियन्टको संक्रमण तीव्र गतिमा फैलिरहेका कारण सहजरुपमा चाडपर्व मनाउने परिस्थिति नरहेको भन्दै मुख्यमन्त्री भट्टले सरकारले तोकेका स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाइ सावधानीका साथ पर्व मनाउन आग्रह गरेका छन्।

स्वदेश तथा विदेशमा रहेका प्रदेशवासीलाई मुख्यमन्त्री भट्टले सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको कामनासमेत गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved