माघीको शुभकामना दिँदै मुख्यमन्त्री केसीले भनेः संस्कृति जोगाउँदै अघि बढ्नुपर्छ

नेपालभ्युज

माघीको शुभकामना दिँदै मुख्यमन्त्री केसीले भनेः संस्कृति जोगाउँदै अघि बढ्नुपर्छ
फाइल तस्वीर

बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसी (सोनाम) ले लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित संघीयताको कार्यान्वयन गर्दै समाजवादप्रति प्रतिबद्ध रहनुपर्ने बताएका छन्।

“माघे संक्रान्ति एवं माघी २०७८” को अवसरमा विज्ञप्तिमार्फत शुभकामना दिँदै मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेश बहुजाति, बहुभाषिक र बहुसंस्कृतिले भरिपूर्ण रहेको उल्लेख गर्दै विविध जाति, भाषा, संस्कृति र भेषभूषालाई एकीकृत गरी अगाडि बढेमा मात्रै समृद्ध प्रदेशको निर्माण गर्न सक्ने उल्लेख गरे।

उनले लुम्बिनी प्रदेश सरकार निर्माणको पहिलो वर्षदेखि थारू र मगर समुदायको महान् पर्व माघे संक्रान्ति र माघीको उपलक्ष्यमा प्रदेश सरकारको तर्फबाट पौष अन्तिम दिन प्रदेश सरकारको तर्फबाट सांस्कृतिक झाँकीसहित माघे संक्रान्ति एवं माघी मिलन कार्यक्रम आयोजना गरिएको सन्दर्भमा यस पटक कोभिड-१९ को तेस्रो लहर ओमिक्रोनको महामारीको कारणले गर्दा सो कार्यक्रम स्थगित गरिएको बताए। उनले प्रदेश सरकारको तर्फबाट माघ १ र २ गते प्रदेशभर सार्वजनिक बिदा दिइएको पनि जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved