मेलम्ची आयोजनाले बनाएको कार्ययोजना कार्यान्वयनमा लैजान संसदीयको समितिको निर्देशन

नेपालभ्युज

मेलम्ची आयोजनाले बनाएको कार्ययोजना कार्यान्वयनमा लैजान संसदीयको समितिको निर्देशन

काठमाडौं।  मेलम्ची खानेपानी आयोजनाले अस्थायी रूपमा काठमाडौं उपत्यकामा खानेपानी पथान्तरण गर्नेगरी बनाएको कार्ययोजना कार्यान्वयनमा लैजान प्रतिनिधिसभाअन्तर्गत विकास तथा प्रविधि समितिले सरकारलाई निर्देशन दिएको छ।

शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकपछि समितिकी सभापति कल्याणीकुमारी खड्काले खानेपानी मन्त्रालयका जिम्मेवार निकायहरूबाट काठमाडौं उपत्यका लगायतका विभिन्न स्थानमा खानेपानी सेवा बिस्तारका लागि भइरहेका कार्यहरू अन्य निकायहरूबाट आवश्यक समन्वय नभइ क्षति पुर्‍याउने कार्य भइरहेको बताइन्।

तेस्रो पक्षबाट खानेपानी आयोजनाको काममा पुर्‍याइएको क्षतिको मूल्यांकन गरी क्षतिपूर्ति उपलब्ध गराउने नीतिगत व्यवस्था मिलाउन पनि उनले सरकारलाई निर्देशन दिइन्। उनले यस्तो समस्या दोहोरिन नदिनका लागि विधेयक संसदमा पेश गर्न पनि सरकारलाई निर्देशन दिइन्। समितिले नेपालमा खानेपानीको मुहान सुक्दै गइरहेको अध्ययनले देखाएकोले मुहान संरक्षणको कार्ययोजना बनाई कार्यान्वयनमा लैजान पनि सरकारलाई निर्देशन दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved