विश्वमा एकै दिन ३० लाखमा कोरोना संक्रमण‚ भारतमा अडाइ लाख

पछिल्लो २४ घण्टामा विश्वभर झन्डै ३० लाख कोरोना संक्रमित थपिएका छन्।

नेपालभ्युज

विश्वमा एकै दिन ३० लाखमा कोरोना संक्रमण‚ भारतमा अडाइ लाख

काठमाडौं। पछिल्लो २४ घण्टामा विश्वभर झन्डै ३० लाख कोरोना संक्रमित थपिएका छन्। अघिल्लो दिन २६ हजार नयाँ कोरोना संक्रमित थपिएका थिए। विश्वभर कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ५५ लाख २९ हजार पुगेको छ। हाल विश्वमा ४ करोड ८८ लाख सक्रिय संक्रमित छन्।

पछिल्लो पटक अमेरिकामा मात्रै ७ लाख १२ हजार जनामा कोरोना पुष्टि भएको छ। यस्तै‚ फ्रान्समा ३ लाख ६१ हजार‚ भारतमा २ लाख ४१ हजार‚ इटलीमा १ लाख ९६ हजार, स्पेनमा १ लाख ७९ हजार, अर्जेन्टिनामा १ लाख ३१ हजार, बेलायतमा १ लाख २९ हजार र अस्ट्रेलियामा १ लाख २ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ।

यो अवधिमा विश्वभर साढे ७ हजार जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। कोरोनाबाट मृत्यु हुनेमा सबैभन्दा धेरै अमेरिकामा २ हजार ९३ जना छन्। यसै गरी रसियामा ७४५, पोल्याण्डमा ६८४, बेलायतमा ३९८ र जर्मनीमा ३३१ जनाको कोरोनाबाट मृत्यु भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved