बैतडीमा अपहरित भनिएका व्यक्ति नै हत्या अभियोगमा मुछिए

नेपालभ्युज

बैतडीमा अपहरित भनिएका व्यक्ति नै हत्या अभियोगमा मुछिए

धनगढी। बैतडीको सुर्नया गाउँपालिकाका हरिष अवस्थीले एक साताअघि ६ जनाको समुहले आफुलाई अपहरण गरी बाँकेको राप्ती नदी किनारमा पुर्याएको भनेर फेसबुक स्टाटस लेखे । त्यसपछि उनलाई बाँके प्रहरीले उद्धारी गरी परिवारको जिम्मा लगाएको थियो ।

बुधबार उनै हरिष अवस्थी साथिको हत्या अभियोगमा पक्राउ परेका छन्। सुर्नया गाउँपालिका–६ धुलिधारस्थित जंगलमा स्थानीय डम्बर अवस्थीको शव भेटिएपछि प्रहरीले हरिष अवस्थीलाई पक्राउ गरी अनुसन्धान अगाडी बढाएको छ।

प्रारम्भिक सोधपुछका क्रममा अवस्थीले हत्या अभियोग स्विकारेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए। ”सोधपुछका क्रममा उनले डम्बर अवस्थीको हत्या गरी जंगलमा शव लुकाएको स्विकारेका छन्,”  ओझाले भने, ”उनले दिएको जानकारीअनुसार आज शव फेला पारेका छौं, शव सडेको हुनाले पहिचान गर्न अप्ठ्यारो भएको छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved