आङ सान सुकीमाथि ४ वर्षको जेलसजाय

नेपालभ्युज

आङ सान सुकीमाथि ४ वर्षको जेलसजाय

एजेन्सी । म्यान्मारको सैनिक अदालतले आङ सान सुकीलाई ४ वर्षको जेल सजाय सुनाएको छ। जननिर्वाचित नेतृ सुकीको सरकारलाई अपदस्थ गर्दै सेनाले गत वर्षको फेब्रुअरीमा सत्ता हत्याएको थियो।
त्यसयता, उनलाई नजरबन्दमा राखिएको थियो भने उनीविरुद्ध दर्जनौं मुद्दा चलाइएको थियो। सुकीका समर्थकहरूले सैनिक सरकारले राजनीतिक रूपमा प्रेरित रहेर यी मुद्दाहरू चलाएको आरोप लगाइरहेका बेला सैन्य अदालतले कम्तिमा २ वटा आरोपमा उनलाई दोषी ठहर गरिसकेको छ।
स्रोतका अनुसार उनीमाथि लाईसेन्स बिनाको वाकी टकी प्रयोग गरेबापत दुई वर्ष र कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि लगाइएको नियम तोडेबापत दुई वर्षगरी कुल चार वर्ष जेल सजाय सुनाइएको छ।

सुकीले आफुमाथि लागेका सबै आरोप अस्विकार गरेकी छिन्। उनले बन्द अदालतमा सुनुवाई दिइरहेकी छिन्। लागेका सबै आरोपहरूमा दोषी प्रमाणित भए उनीविरुद्ध १ सय वर्षभन्दा लामो सजाय हुनेछ। सुकीका वकिलहरूलाई गत अक्टुबरदेखि नै उनको मुद्दामा नबोल्न आदेश दिइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved