ढाका म्याराथन

नेपाली महिला धावक पुष्पाले जितिन् कास्य पदक

गतवर्ष सोही प्रतिस्पर्धामा उनले स्वर्ण जितेकी थिइन्। यसवर्ष उनले भारतीय खेलाडीहरुलाई उछिन्न नसक्दा कास्यमा चित्त बुझाइन्।

नेपालभ्युज

नेपाली महिला धावक पुष्पाले जितिन् कास्य पदक

काठमाडौं। नेपाली महिला धावक पुष्पा भण्डारीले ढाकामा सम्पन्न बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा कास्य पदक जितेकी छन्। उनले दक्षिण एशियाली विधामा कास्य जितेकी हुन्।

गतवर्ष सोही प्रतिस्पर्धामा उनले स्वर्ण जितेकी थिइन्। यसवर्ष उनले भारतीय खेलाडीहरुलाई उछिन्न नसक्दा कास्यमा चित्त बुझाइन्।

पुष्पाले म्याराथनको निर्धारित दूरी २ घण्टा ५५ मिनेट ३५ सेकेण्डमा पूरा गरेकी थिइन्। गतवर्षको भन्दा समयमा सुधार गरेपनि उनले कास्यमा चित्त बुझाइन्।

उक्त विधामा भारतीय खेलाडी आरती पाटिल पहिलो तथा अर्की प्रतिस्पर्धी भारतीय ज्योति गावरी दोस्रो भइन्।

पुरुषतर्फ भने १३ औँ सागका स्वर्ण विजेता नेपाली धावक किरण बोगटीले पाँचौँ स्थानमा चित्त बुझाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved