काठमाडौं उपत्यकामा भोलिदेखि बालबालिकालाई कोरोना खोप

उपत्यकाका तीनै जिल्लाका विद्यालय र खोप केन्द्रबाट खोप लगाउन लागिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. संगिता कौशल मिश्रले बताइन्।

नेपालभ्युज

काठमाडौं उपत्यकामा भोलिदेखि बालबालिकालाई कोरोना खोप

काठमाडौं। भोलिदेखि काठमाडौं उपत्याकामा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोभिड-१९ विरुद्धको खोप लगाइँदै छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं र ललितरपुरमा फाइजर र भक्तपुरमा मोडेर्ना खोप भोलिदेखि लगाउन लागिएको र यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ।

उपत्यकाका तीनै जिल्लाका विद्यालय र खोप केन्द्रबाट खोप लगाउन लागिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. संगिता कौशल मिश्रले बताइन्।

काठमाडौं महानगरपालिकामा भने ६०० ओटा विद्यालयबाट १ लाख ४० हजारभन्दा बढी विद्यार्थीलाई खोप लगाउन लागिएको काठमाडौं महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख हरिबहादुर कुँवरले बताए।

उनी भन्छन्, “काठमाडौं महानगरपालिकामा सामुदायिक र संस्थागत विद्यालयका ६०० ओटा विद्यालयमा खोप केन्द्र तोकेका छौँ, जहाँ १ लाख ४० हजारभन्दा बढी विद्यार्थीहरुलाई खोप लगाइने लक्ष्य राखिएको छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved