ओमिक्रोन त्राशसँगै सरकारले सातै प्रदेशमा जडान गर्‍यो अक्सिजन प्लाण्ट

ओमिक्रोनको बढ्दो संक्रमणदरलाई मध्यजनर गर्दै पूर्वतयारी स्वरुप सातै प्रदेशका विभिन्न अस्प्तालहरुमा अक्सिजन प्लाण्ट जडान गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. संगिता कौशल मिश्रले जानकारी दिइन्।

नेपालभ्युज

ओमिक्रोन त्राशसँगै सरकारले सातै प्रदेशमा जडान गर्‍यो अक्सिजन प्लाण्ट
फाइल तस्वीर

काठमाडौं। कोरोना भाइरसको ओमिक्रोन भेरियन्टले ल्याउन सक्ने जोखिमलाई मध्यनजर गर्दै सरकारले देशभर ८५ ओटा अक्सिजन प्लाण्ट जडान गरेको छ।

ओमिक्रोनको बढ्दो संक्रमणदरलाई मध्यजनर गर्दै पूर्वतयारी स्वरुप सातै प्रदेशका विभिन्न अस्प्तालहरुमा अक्सिजन प्लाण्ट जडान गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. संगिता कौशल मिश्रले जानकारी दिइन्।

प्रदेश १ मा ११, प्रदेश दुईमा ६, बागमती प्रदेशमा २१, गण्डकी प्रदेशमा १७, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा पाँच ओटा गरी देशभर ८५ ओटा अक्सिजन प्लाण्टहरु स्थापना भइसकेको मिश्रले बताइन्।

त्यस्तै, मन्त्रालयले ओमिक्रोन संक्रमणले गर्दा हुन सक्ने अत्यधिक चापलाई मध्यनजर गर्दै सबै अस्पताललाई उपचारका लागि आवश्यक पर्ने अक्सिजन, आईसीयू, भेन्टिलेटर, बेड र अन्य स्वास्थ्यका सामग्रीको जोहो गरी स्वास्थ्यकर्मीलाई पनि तयारी अवस्थामा राखिएको उनले बताइन्।

आमिक्रोनलगायत अन्य संक्रमणहरुलाई रोकथाम र नियन्त्रण गर्नका लागि भाइरसविरुद्धको खोप र जनस्वास्थ्यको मापदण्डहरु पालन गर्न पनि मन्त्रालयले आग्रह गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved