सहिद स्मारक लिगमा थ्रीस्टार विजयी

नेपालभ्युज

सहिद स्मारक लिगमा थ्रीस्टार विजयी
तस्वीर : थ्रीस्टार क्लब।

काठमाडौं। थ्रीस्टार फुटबल क्लबले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा आइतबारको खेलमा हिमालयन शेर्पाविरुद्ध जीत निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबारको एक मात्र लिग खेलमा थ्रीस्टारले हिमालयन शेर्पामाथि २–० को जित दर्ता गरेको हो।

थ्रीस्टारले ५६औं मिनेटमा आत्मघाती गोलबाट सुरुआती अग्रता बनाएको थियो । थ्रीस्टारका ऋतिक कुमार खड्काले अघि बढाएको बल अमित श्रेष्ठले क्लियर गर्न खोज्दा आत्मघाती गोल भएको थियो । खेलमा १० मिनेट थपिएको इन्जुरी समयको छैटौं मिनेटमा अन्सुमानाले गोल गर्दै थ्रीस्टारलाई २–० को जित दिलाए । लिगमा थ्रीस्टारको यो लगातार दोस्रो जीत हो। यसअघिको खेलमा थ्रीस्टारले जावलाखेल युथ क्लबलाई २–१ ले हराएको थियो।

यस जीतसँगै थ्री स्टारले ८ खेलमा १३ अंक जोडेको छ। थ्री स्टार पाँचौं स्थानमा उक्लिएको छ। हिमालयन शेर्पाले ८ खेलमा ११ अंक जोडेको छ । शेर्पा छैटौं स्थानमा झरेको छ। लिगअन्तर्गत सोमबार दशरथ रंगशालामा नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लब (बिबिसी) बीच आठौं चरणको अन्तिम खेल हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved