विद्यालय बन्द गर्न सिफारिस, रेस्टुरेन्ट र फिल्म हल छिर्न खोप लगाएको हुनुपर्ने

सीसीएमसीले संक्रमण नियन्त्रणका लागि सरकारसमक्ष १३ बुँदे सिफारिस गरेको छ। जिल्ला-जिल्लामा स्मार्ट लकडाउन, विद्यालय बन्द र राजनीतिक गतिविधमा रोक लगाउनेसम्मका सुझाव यसमा समावेश छन्।

नेपालभ्युज

विद्यालय बन्द गर्न सिफारिस, रेस्टुरेन्ट र फिल्म हल छिर्न खोप लगाएको हुनुपर्ने

काठमाडौं। काठमाडौं। कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसी को आज बसेको बैठकले १५ माघसम्मका लागि विद्यालय बन्द गराउन सरकारसमक्ष सिफारिस गरेको छ। त्यसैगरी स्मार्ट लकडाउन कार्यविधि २०७७ लाई कार्यान्वयनमा ल्याउन गृहमन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरिएको सीसीएमसीकी प्रवक्ता सुनिता नेपालले बताइन्।

१२ देखि १७ वर्षसम्मका विद्यार्थी र खोप लगाएका शिक्षकलाई बिदाको अवधिमा खोप लगाउन सीसीएमसीले आग्रह गरेको छ।

त्यसैगरी, सार्वजनिक स्थानमा २५ जनाभन्दा धेरै व्यक्ति भेला हुनेगरी मेला महोत्सव नगर्न समेत सिफारिस गरिएको छ। ३ माघदेखि पार्क फिल्म हल, रेस्टुरेन्ट र सपिङ मलमा जाने व्यक्तिले समेत अनुवार्य खोप कार्ड देखाउनुपर्ने नियम लागु गर्न समेत सिफारिस गरिएको छ।

त्यसैगरी, राजनीतिक कार्यक्रम र मेला महोत्सव नगर्न समेत आग्रह गरिएको छ। सीमानाकामा कोभिड परीक्षणलाई व्यापक तुल्याउने, खोप लगाउन छुटेका बालबालिकालाई खोपको दायरामा ल्याउने निर्णय पनि बैठकले गरेको छ। परीक्षा तालिका सार्वजनिक भइसकेका शिक्षण संस्थालाई पनि सामाजिक दूरी कायम गर्दै परीक्षा सञ्चालन गर्न आग्रह गरिएको छ।

यस्ता छन् बैठकका १३ निर्णय :

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved