दाङ एमाले अध्यक्षमा हुकुम बहादुर बस्नेत

नेपालभ्युज

दाङ एमाले अध्यक्षमा हुकुम बहादुर बस्नेत
तस्वीर : गोविन्द बस्नेतको फेसबुकबाट

काठमाडौं। दाङ नेकपा (एमाले) जिल्ला अध्यक्षमा हुकुम बहादुर बस्नेत निर्विरोध चयन भएका छन्। दाङ,  देउखुरीमा सम्पन्न पार्टीको १३ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा बस्नेतसँगै उपाध्यक्ष राममणि पाण्डे भएका छन् भने सचिव मनोहर बुढाथोकी भएका छन्।

त्यस्तै उपसचिवमा कृष्ण भुसाल र हीरादेवी पुन चयन भएका छन्।

अर्का पुराना नेता शिवकुमार आचार्यले आफ्नो दाबी छाडेपछि बस्नेत निर्विरोध अध्यक्ष भएका हुन्।

एमालेले हिजो (शुक्रबार) बाट देशभर जिल्ला अधिवेशन थालेको छ। केही जिल्लामा भने मौसम प्रतिकूल भएकाले अधिवेशन हुन नसकेको जनाइएको छ। बस्नेत यसअघि एमालेको घोराहीको नगर सभापति र जिल्ला उपाध्यक्षको रूपमा रहिसकेका व्यक्ति हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved