चर्चित भारतीय गायक सोनु निगमको परिवारलाई नै कोरोना संक्रमण

नेपालभ्युज

चर्चित भारतीय गायक सोनु निगमको परिवारलाई नै कोरोना संक्रमण

काठमाडौं। भारतीय चर्चित गायक सोनु निगमका परिवारलाई नै कोरोना संक्रमण भएको छ। श्रीमती मधुरिमा र छोरा नीवानमा पनि संक्रमण देखिएको भारतीय सञ्चारमामाध्यले जनाएका छन्।

निगमले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै आफूहरूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्। उनी अहिले परिवारका साथ दुबईमा छन्।

कोरोना संक्रमित भएपछि उनले परिवारका साथ आफू क्वारेन्टाइनमा रहेको पनि बताएका छन्।

भारतमा पछिल्ला केही दिनयता कोरोना संक्रमण बढ्न थालेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved