‘कठपुतली’ले पायो दर्शकको साथ

चलचित्र प्रदर्शन भएका हलहरुमा दर्शकहरुको भीड देखिएको छ। यो चलचित्रको कथावस्तुलाई पनि दर्शकले रुचाएका छन्।

नेपालभ्युज

‘कठपुतली’ले पायो दर्शकको साथ

काठमाडौं। गत शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘कठपुतली’ले दर्शकहरुलाई हालसम्म तानेको छ।

शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्रले काठमाडौंका क्यूएफएक्स, बिग मुभिज, वान सिनेमाज लगायत हलमा हाउसफुल व्यापार गरेको छ।

कोरोनाको कारण हलसम्म आउन नसकेका दर्शक झन्डै दुई वर्षपछि नेपाली चलचित्र हेर्न हलमा पुगेका हुन्।

चलचित्र प्रदर्शन भएका हलहरुमा दर्शकहरुको भीड देखिएको छ। यो चलचित्रको कथावस्तुलाई पनि दर्शकले रुचाएका छन्।

शनिबार चलचित्र हेर्न पुगेका ‘नेपाल आइडल ४’ का प्रतिस्पर्धीहरुले नेपाली चलचित्रको निर्माणको स्तर बढेकोमा खुशी व्यक्त गरेका छन्। उनीहरुले चलचित्रको कथावस्तु, कलाकारको अभिनय, प्रस्तुति र प्राविधिक पक्ष उत्कृष्ट रहेको प्रतिक्रिया दिए।

सम्पदा मल्लको लेखनमा तयार भएको यो चलचित्रलाई पृथ्वी रानाले निर्माण गरेका हुन्। चलचित्रमा मिथिला शर्मा, गौरी मल्ल, कर्मा, धु्रव कोइराला, उषा रजक, शिल्पा मास्के लगायतको अभिनय रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved