पच्चिस हजार बालबालिकालाई कोरोना खोप

जोशीका अनुसार हालसम्म कम्तीमा पनि १० हजार जनालाई खोप लगाइएको छ। यो खोप फ्रिजबाट निकालेको एक महिनाभित्र लगाइसक्नुपर्ने भएकाले चाँडै लगाउन थालिएको स्रोत व्यक्ति जोशीले बताए।

नेपालभ्युज

पच्चिस हजार बालबालिकालाई कोरोना खोप

डोटी। डोटीमा पच्चीस हजार स्कुले बालबालिकालाई विद्यालयमै कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिएको छ।

जिल्लाका नौवटै स्थानीय तहका ११ वर्ष माथिदेखि १८ वर्ष मुनिका विद्यार्थीलाई खोप लगाउन शुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

जिल्लाका नौवटै स्थानीय तहमा रहेका विद्यालयमा अध्यनरत ३३ हजार बालबालिकामध्ये पहिलो चरणमा पच्चीस हजार बालबालिकालाई खोप लगाउन शुरु गरिएको कार्यालयको भनाइ छ।

जिल्लामा ३३ हजार विद्यार्थीको तथ्याङ्क प्राप्त भए पनि पच्चीस हजार डोज मात्रै खोप उपलब्ध भएका कारण पहलो चरणमा पुग्ने जतिलाई खोप लगाउन थालिएको र बाँकीलाई दोस्रो चरणमा लगाइने कार्यालयका स्रोत व्यक्ति डिल्लीरमण जोशीले जानकारी दिए।

जोशीका अनुसार हालसम्म कम्तीमा पनि १० हजार जनालाई खोप लगाइएको छ। यो खोप फ्रिजबाट निकालेको एक महिनाभित्र लगाइसक्नुपर्ने भएकाले चाँडै लगाउन थालिएको स्रोत व्यक्ति जोशीले बताए।

डोटीका ९५ प्रतिशत खोप केन्द्र विद्यालयमै दिइने र केही खोप केन्द्र अस्पताल तथा स्वास्थ्य चौकीबाट उपलब्ध गराइने भएको छ।

विद्यार्थी पनि खुशीका साथ कोरोनाविरुद्धको खोप लगाउन थालेका कार्यालयका सूचना अधिकारी अमरसिंह भाटले जानकारी दिए।

भाटले भने, “हामीले विद्यालयमै कोरोना विरुद्धको खोप लगाउन शुरु गरेका छौँ। विद्यार्थी पनि खुशीका साथ खोप लगाउन थालेका छन्।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved