माओवादी महाधिवेशन : आज पनि छलफलको निष्कर्ष सुनाउँदै

बिहान ११ बजेदेखि पुनः बाँकी समूहले समूहगत छलफलको निष्कर्ष सुनाउने नेताहरूले बताए।

नेपालभ्युज

माओवादी महाधिवेशन : आज पनि छलफलको निष्कर्ष सुनाउँदै

काठमाडौं। नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको बन्द सत्रमा आज पनि टोली नेताहरूले छलफलको निष्कर्ष सुनाउँदैछन।

हिजो बुधबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथि ११ वटा समूहको प्रस्तुतीकरण सकिएको छ। बाँकीले बिहीबार निष्कर्ष सुनाउनेछन्। बिहान ११ बजेदेखि पुनः बाँकी समूहले समूहगत छलफलको निष्कर्ष सुनाउने नेताहरूले बताए।

बन्द सत्र काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा चलिरहेको छ। यसअघि बुधबार सल्लाहकार समूहको तर्फबाट रामनारायण बिडारी, प्रदेश २ बाट सत्यनारायण भगत, आयोगको तर्फबाट टंक राई, गण्डकी प्रदेशबाट गायत्री गुरुङ, प्रदेश १ बाट अजम्बर काङमाङ राई र हर्कबहादुर नेम्वाङले समूहको निष्कर्ष प्रस्तुत गरेका थिए।

प्रवास समन्वय समितिबाट मनऋषि धिताल, वागमती प्रदेशबाट सरल सहयात्री, केन्द्रीय विभागबाट गीता पनेरु, सुदूरपश्चिम प्रदेशबाट मीनबहादुर कँवर र कर्णाली प्रदेशबाट विमला केसीले समूहको निष्कर्ष प्रस्तुत गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved