ट्युसन कक्षामै विद्यार्थीलाई मोडेर्ना खोप

“जुम्लामा १८ वर्षमुनिका बालबालिकाका लागि १३ हजार मोडेर्ना खोप आएको छ”, प्रसाईँले भनिन्, “आजका दिनसम्म सात हजार बालबालिकालाई खोप लगाइसकिएको छ।”

नेपालभ्युज

ट्युसन कक्षामै विद्यार्थीलाई मोडेर्ना खोप

जुम्ला। चिसो बढेसँगै विद्यालय बन्द भएपछि हिमाली जिल्लाका बालबालिकालाई ट्युसन कक्षामै मोडेर्ना खोप दिन थालिएको छ।

चिसोमा हिउँदे बिदाका कारण विद्यालय बन्द हुने भएकाले बालबालिकालाई ट्युसन कक्षामै खोप लगाउन थालिएको हो।

विद्यालयमा बालबालिका नभेटिने भएपछि स्वास्थ्यकर्मी ट्युसन कक्षामै पुगेर उनीहरुलाई मोडेर्ना खोप दिन व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँले जानकारी दिइन्।

“जुम्लामा १८ वर्षमुनिका बालबालिकाका लागि १३ हजार मोडेर्ना खोप आएको छ”, प्रसाईँले भनिन्, “आजका दिनसम्म सात हजार बालबालिकालाई खोप लगाइसकिएको छ।”

मंगलबार जुम्लाको हिमा गाउँपालिकाको महावैपातरखोला विद्यालयमा पुगेर बालबालिकाका खोपको अवस्था बुझेर फर्केको जानकारी दिँदै प्रसाईँले चिसो बढेसँगै हिजोदेखि हिमपात भइरहेकाले स्वास्थ्यकर्मीलाई खोप लगाउन सकस भएको बताइन्।

प्रजिअ प्रसाईँका अनुसार आज पनि जुम्लामा हिमपात भइरहेकाले स्थानीयवासीलाई यहाँका विभिन्न चोक–चोकमा दाउरा जगेडा गरेर आगो बाल्न लगाइएको र न्यानो कपडा लगाउन सुझाइएको छ।

हिमपातका कारण सरकारी कार्यालयको कामकाज प्रभावित भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved