बयलबास तनावग्रस्त : आक्रोशित स्थानीयले जलाए प्रहरी भ्यान

नेपालभ्युज

बयलबास तनावग्रस्त : आक्रोशित स्थानीयले जलाए प्रहरी भ्यान

काठमाडौं । गस्तीमा रहेको प्रहरी भ्यानले स्थानीय व्यापारीलाई ठक्कर दिएर मृत्यु भएपछि आक्रोशित स्थानीय र व्यापारीले प्रहरी भ्यान जलाइदिएका छन्।

सर्लाहीको ईश्वरपुर नगरपालिकामा हिजो राति (आइतबार) ९ बजेतिर इलाका प्रहरी कार्यालयको गस्तीमा रहेको भ्यानले ठक्कर दिँदा स्थानीय फेन्सी पसल चलाउँदै आएका व्यापारी नगरपालिका-५ का रामकुमार महतोको मृत्यु भएको थियो।

महतोको मृत्युपछि आक्रोशित भएका बयलबास बजारका स्थानीय र व्यापारीले ठक्कर दिने प्रहरीको भ्यानमा आगो लगाइदिएका हुन्। घटनापछि उक्त भ्यान ईश्वरपुर नगरपालिका पार्क गरी राखिएको थियो। उक्त ठाउँमा गई आक्रोशित समूहले आगलागी गरेका हुन्।

महतोको प्रशासनबाटै हत्या भएको भन्दै स्थानीयले दुर्घटनामा संगल्न प्रहरीहरूलाई कारबाही गर्नुपर्ने माग गरेका थिए। स्थानीय तथा मृतकका आफन्तले भ्यान चलाउने प्रहरी ड्राइभरलाई जागिरबाट बर्खास्त गर्नुपर्ने माग राख्दै इलाका प्रहरी कार्यालयमा भएका सबै प्रहरीहरूको सरुवा माग गरेका थिए। साथै मृतकका आफन्तले उचित क्षतिपूर्ति माग राख्दै बजार बन्द गराएका थिए।

यस क्रममा उनीहरूल‍े इलाका प्रहरी कार्यालय ईश्वरपुर चौकी तोडफोडसमेत गरेका थिए। तोडफोडबाट प्रहरी कार्यालयमा जडान गरिएका सीसी क्यामेरासमेत फुटेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved