सीपी मैनालीको प्रश्न : माओवादीको लक्ष्यलाई कसले अपहरण गर्यो ?

नेपालभ्युज

सीपी मैनालीको प्रश्न : माओवादीको लक्ष्यलाई कसले अपहरण गर्यो ?

काठमाडौं। नेकपा मालेका महासचिव सीपी मैनालीले जनवाद ल्याउने लक्ष्य राखेर शुरु गरिएको माओवादी आन्दोलन अहिले अन्यत्रै मोडिएको बताएका छन्। नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।

‘‘एउटा लक्ष्य प्राप्तिका निम्ति सुरु गरिएको आन्दोलन, जसमा जनता र देशले ठूलो बलिदानी ग¥यो। अर्कै वस्तु लिएर मोडिएको छ। जसकारण, नमेटिनेगरी जिज्ञासाहरु देखिएका छन्,’’ उनले सोधे,‘‘किन त्यो तत्कालिन लक्ष्य प्राप्त भएन ? त्यो घोषित लक्ष्यलाई कसले अपहरण गर्यो ? वा त्यो लक्ष्य नै समय सापेक्ष थिएन कि । जिम्मेवार राजनीतिक पार्टीले आफुप्रति उभिएका यस्ता प्रश्नबाट मुख मोड्न सक्छ र ?’’

७२ वर्ष बितिसक्दा पनि जनताको जनजीविकासँग माक्र्सवादलाई जोड्न नेपालका कम्युनिष्ट पार्टीहरू चुकिरहेको उनले बताए। पटक–पटक व्यवस्था बदलिएपनि जनताको अवस्था उस्तै रहेको उनले बताए। ‘‘हामीले पटक– पटक व्यवस्था बदल्यौं। तर हाम्रो अवस्था बदल्न सकेनौं । त्यसैले जनता हामीबाट असन्तुष्ट छन्।’’

उनले विगतका आन्दोलनहरूलाई, प्रयोगशालामा मात्रै दर्ता हुने खतरा रहेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved