डा‍‍. गोविन्द केसीले गरे प्रधानन्यायाधीस जबराको सम्पत्ति छानबिन गर्न माग

नेपालभ्युज

डा‍‍. गोविन्द केसीले गरे प्रधानन्यायाधीस जबराको सम्पत्ति छानबिन गर्न माग

ललितपुर। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको सम्पत्ति छानविन गर्न डा. गोविन्द केसीको अगुवाइमा आज आइतबार नागरिक आन्दोलनका टोलीले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग, पुल्चोकमा ज्ञापन पत्र बुझाएका छन्। टोलीका तर्फबाट डा. केसी र खगेन्द्र संग्रौलाले विभागका महानिर्देशक प्रेम प्रसाद भट्टराईलाई पाँच बुँदे ज्ञापनपत्र हस्तान्तरण गरेका हुन्।

ज्ञापनपत्र हस्तान्तरण गर्दै डा. केसीले प्रधानन्यायाधीश जबराको अवैध सम्पत्ति आर्जन गरेको आरोप लगाए। ”विशेष अदालतको न्यायाधीश हुँदा अवैध रूपमा आर्जन गरेको करोडौँ रूपैयाँ रकम पत्नी रेजी राणा (क्षेत्री) मार्फत् २०६५ सालमा काठमाडौं महानगरपालिका वडा नं ३० ठमेलस्थित कित्ता नम्बर १०९ र कित्ता नं ११० को बहुमूल्य जग्गा (हालको मूल्य करीब ४० करोड बराबर) लगानी गरेको देखिएको छ,” उनले भने।

बहालवाला प्रधानन्यायाधिसको सम्पत्ति छानविन गर्ने अधिकार अख्तियारसँग नभएपनि सम्पत्ति शुद्धिकरण विभागसँग रहेको अधिवक्ता ओमप्रकाश अर्यालले बताए। विभागका महानिर्देशक प्रेम प्रसाद भट्टराईले नागरिक आन्दोलनको टोलीलाई नियमानुसार अगाडि बढ्ने बताए । उनले भने, “हामीले ज्ञापन पत्र दर्ता गरिसकेका छौँ । निमानुसार अगाडि बढ्छौँ । चिन्ता नगर्नुहोस् ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved