प्रचण्डले भने, ‘एमसीसी फिर्ता नहोस् भन्ने हाम्रो पनि चाहना हो’

नेपालभ्युज

प्रचण्डले भने, ‘एमसीसी फिर्ता नहोस् भन्ने हाम्रो पनि चाहना हो’
फाइल तस्वीर

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी फिर्ता होस् भन्ने आफूले पनि नचाहेको बताएका छन्।

तर आवश्यक संशोधन र परिमार्जन गरेर मात्रै स्वीकार गर्न सकिने उनले बताएका छन्। शनिबार काठमाडौंमा राष्ट्रिय सम्मेलनको अघिल्लो दिन पार्टीका नेताहरूसँग गरेको छलफलमा प्रचण्डले नेपालको राष्ट्रिय हित र नेपाली जनताको भावनालाई समेत केन्द्रविन्दुमा राखेर त्यहाँ भएका कैंयन् प्रश्नहरूको जवाफ दिएर मात्रै एमसीसी बढाउन सकिने बताए।

यस क्रममा आफूले अमेरिकासँग पनि निरन्तर छलफल गरेको उनले बताए। “अवश्यक परिमार्जन र संशोधन गरेर हामी अगाडि बढाउने पक्षमा छौ । बिनापरिमार्जन, बिनासंशोधनचाहिँ यो जाँदैन”, उनले भने।

अनुदानमा आएको रकम फिर्ता होस् भन्ने आफूहरूले पनि नचाहेको भन्दै उनले नेपाललाई पूर्वाधार विकासका लागि पैसा चाहिएको तर अघिल्लो पटक केपी ओली सरकार भएका काम र त्यसले जन्माइएका प्रश्नले नेपाली जनमानसमा एमसीसीले गम्भीर खालको आशंका बढाएको उनको आरोप थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved