शहीद स्मारक 'ए' डिभिजन लिग

शुक्रबारबाट लिगका छैटौं चरणका खेल, मच्छिन्द्र र मनाङ भिड्दै

नेपालभ्युज

शुक्रबारबाट लिगका छैटौं चरणका खेल, मच्छिन्द्र र मनाङ भिड्दै

काठमाडौं। शहीद स्मारक ए डिभिजन लिगमा भोलि (शुक्रबार) बाट छैटौं चरणका खेलहरू हुँदै छन्। पहिलो खेलमा विभागीय टोली एपीएफले पुरानो क्लब न्यूरोड टिम (एनआरटी) को सामना गर्दै छ। दुबै टोलीले खेल अघिको पत्रकार सम्मेलनमा स्पष्ट अंकका लागि प्रतिस्पर्धा गर्ने बताए।

दोस्रो खेलमा नेपाल पुलिस क्लब र फ्रेन्ड्स क्बलबीच भिड्नेछन्। छैटौं चरणका दोस्रो खेल दशरथ रंगशालामा हुनेछ। यही चरणमा मच्छिन्द्र र मनाङ  मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुँदा दुवै प्रतिष्ठा जोगाउने लक्ष्यका साथ मैदान उत्रिनेछन्।

यस्तै छैटौं चरणका खेलअन्तर्गत थ्री स्टार र विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबबीच हुँदै छ। जुन रोमाञ्चक हुने अनुमान गरिएको छ। आजै भएको पत्रकार सम्मेलनमा त्रिभुवन आर्मी क्लबका प्रशिक्षक नवीन न्यौपानेले थ्रीस्टारसँगको खेल प्रतिस्ठाका खेल भएको भन्दै स्पष्ट अंकका लागि आफ्नो टोली मैदान उत्रिने बताए।

पाँचौं चरणमा मच्छिन्द्रले संकटा क्लब र आर्मीले सातदोबाटो युथ क्लबसँग बराबरी खेल्दै अंक बाँडेका थिए। उता चिरपरिचित प्रतिद्वन्द्वी आर्मीविरुद्ध आफ्ना लागि तीन अंक महत्वपूर्ण भएको भन्दै आक्रामक खेल खेल्ने थ्री स्टारका प्रशिक्षका रवीन्द्र शिखाकारले बताए।

शीर्षताको होडमा मनाङ र मच्छिन्द्र नै छन् भने आर्मीले पनि उपाधिका लागि प्रतिस्पर्धा गर्ने जनाएको छ। एएफसी यात्रा साँघुरिएको भन्दै उपाधि लक्ष्य बनाएर खेल्ने आर्मीका प्रशिक्षकले पत्रकार सम्मेलनमा बताए। यस्तै अन्य टोलीले पनि शीर्ष टोली र रेलिगेसनमा रहेका टोलीको अन्तर साँघुरो भएको भन्दै जितले वरीयामा सुध्रिने भन्दै स्पष्ट अंकको जोड्ने रणनीतिका साथ मैदान उत्रिने छैटौं चरणका लिग अघिको पत्रकार सम्मेलनमा बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved