घट्यो सुनको मूल्य, चाँदीको भने बढ्यो

नेपालभ्युज

घट्यो सुनको मूल्य, चाँदीको भने बढ्यो

काठमाडौं । सुनचाँदी बजारमा आज (बुधबार) छापावाल सुनको मूल्य प्रतितोला ४०० ले घटेर रु ९२ हजार ६०० तोकिएको छ।

अघिल्लो दिन सुन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार १०० तोकिएको छ यसको मूल्य मंगलबार प्रतितोला ९२ हजार ५०० रुपैयाँ थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १०ले बढेर एक हजार २४५ पुगेको महासंघले जनाएको छ। महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा आउने उतारचढावका आधारमा दैनिक सुनचाँदीको मूल्य तोक्दै आएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७८७ डलर आसपास कारोबार भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved