ओमिक्रोनकाे त्रास : वेल्समा दर्शक बिना नै खेलकुद प्रतियोगता

नेपालभ्युज

काठमाडौं। ओमिक्रोन भेरिएन्टबाट संक्रमित हुनेहरुको संख्या बढेको भन्दै वेल्स सरकारले आगामी आइतबार (२६ डिसेम्बर)बाट दर्शक बिना नै खेलकुद प्रतियोगिताहरु सञ्चालन गर्ने निर्णय गरेको छ। वेल्सका अर्थमन्त्री भगन जीथिंगले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन्।

क्रिसमस र नयाँ वर्षको अवधिमा वेल्समा खेलकुद प्रतियोगिता हेर्न ठूलो संख्यामा दर्शकहरुको भीड जम्मा हुने गरेको छ। तर, यस वर्ष यही समय बेलायतमा महामारीका रुपमा ओमिक्रोन फैलिरहेको छ। बक्सिङ डे भनेर चिनिने २६ डिसेम्बर बेलायतमा सार्वजनिक विदा हो।

यस समय फुटबल तथा अन्य खेलमा दर्शकहरूको बाक्लो सहभागिता रहनेगर्छ । ‘‘सुझाव स्पष्ट छ – हामीले अब ओमिक्रोनको चेतावनीमा प्रतिक्रिया दिनेगरी कदम चाल्नुपर्नेछ। हामीले गर्ने यी निर्णयहरूबारे जनतालाई सुचना दिदैं जानेछौं,’’जीथिंगले भने,‘‘मानिसहरु संभव भएपछि फेरि रंगशालामा आउनेछन्। सबैजनाले उनीहरुको प्यारो खेलको मज्जा लिउन् भन्ने हाम्रो चाहना छ।’’

कोभिड १९ का कारण लगाइएका कडा मापदण्डहरुबाट प्रभावित क्लबहरूलाई सहयोग गर्नका लागि झन्डै ४० लाख डलर बराबरको बजेट पनि वेल्स सरकारले घोषणा गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved