माओवादीले थाल्यो निर्वाचनमार्फत नेतृत्व चयन, वाग्मती अध्यक्षमा पौडेल

माओवादी केन्द्रले आन्तरिक लोकतन्त्र सुधार्न निर्वाचन प्रणालीमार्फत नेतृत्व चयन गर्न शुरु गरेको छ।

नेपालभ्युज

माओवादीले थाल्यो निर्वाचनमार्फत नेतृत्व चयन, वाग्मती अध्यक्षमा पौडेल

काठमाडौं। नेकपा माओवादी केन्द्रले आन्तरिक लोकतन्त्र सुधार्न निर्वाचन प्रणालीमार्फत नेतृत्व चयन गर्न शुरु गरेको छ।

यो प्रणालीमार्फत वाग्मती प्रदेश कमिटीको अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित भएका छन्। १६२ मत ल्याएर उनी निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी दिनानाथ गौतमले ८६ मत ल्याएका छन्।

उपाध्यक्षमा रुपा महर्जन, रामप्रसाद ढुंगाना र प्रेमबहादुर पुलामी निर्वाचित भएका छन्।
सचिवमा इन्द्रबहादुर थिङ (छिन्ताङ)ले १४९ मत प्राप्त गरी विजयी भएका छन्।

सहसचिवमा दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ विजयी भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved