कांग्रेसको अल्पसंख्यक केन्द्रीय सदस्यमा सुनुवार निर्वाचित

कांग्रेसको अल्पसंख्यक केन्द्रीय सदस्यमा सुनुवार निर्वाचित

काठमाडौं। नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा भएको निर्वाचनअन्तर्गत केन्द्रीय सदस्य अल्पसङ्ख्यक (खुला) पदमा प्रदीपकुमार सुनुवार निर्वाचित भएका छन्।
आज सार्वजनिक मत परिणामअनुसार सुनुवार दुई हजार १७१ मतका साथ सुनुवार निर्वाचित भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी टीकाराम सुब्बा लेप्चाले एक हजार २३ मत प्राप्त गरेका छन्।

त्यस्तै, हरिबहादुर घलेले ६०९, ओमप्रकाश शर्मा (मारवाडी) ५३६ र प्रेमबहादुर छन्त्यालले २०६ मत प्राप्त गरेका छन्। मतदानमा चार हजार ६३५ मत खसेकामा ९० मत बदर भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved