कबड्डी ४ को टिजर सार्वजनिक

नेपालभ्युज

कबड्डी ४ को टिजर सार्वजनिक

काठमाडौं। दयाहाङ राई, सौगात मल्ल र मिरूना मगरको अभिनय रहेको कबड्डी– ४ ः द फाइनल म्याच आगामी वर्षको २३ वैशाखबाट प्रदर्शनमा आउने भएको छ। यस फिल्मको टिजर सोमबार सार्वजनिक गरिएको छ।

सुष्मा प्रोडक्सन ग्लोबलमार्फत सार्वजनिक गरिएको टिजरलाई ४ घण्टाभित्रै १ लाख २९ हजारभन्दा धेरैले हेरिसकेका छन्।
कबड्डी ४ कबड्डी शृंखलाको अन्तिम चलचित्र रहने घोषणा यसअघि नै निर्माण पक्षले गरेको थियो। फिल्मको निर्देशन रामबाबु गुरुङले तथा लेखन रामबाबु र उपेन्द्र सुब्बाले मिलेर गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved