खुला महिला केन्द्रीय सदस्यमा आरजु तेस्रो

नेपाली कांग्रेस खुला महिला तर्फको केन्द्रीय सदस्यको मतगणना जारी छ।

नेपालभ्युज

खुला महिला केन्द्रीय सदस्यमा आरजु तेस्रो

काठमाडौं। नेपाली कांग्रेसको खुला महिला तर्फको केन्द्रीय सदस्यको मतगणना जारी छ। १४ औँ महाधिवेशन अन्तर्गत प्रारम्भिक मतगणना डा.डिला संग्रौलाले अग्रता हासिल गरेकी छिन्।

पहिलो ७ सय मत गन्दा डिलाले ४ सय १८ मत ल्याएकी छिन्। त्यस्तै दोस्रो स्थानमा कांग्रेस सचेतक पुष्पा भूसाल रहेकी छिन्। उनले ४ सय मत प्राप्त गरेकी छिन्।
तेस्रो स्थानमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवा रहेकी छिन्। उनले ३ सय ५६ मत ल्याएकी छिन् ।
खुल्ला महिला केन्द्रीय सदस्यको मतगणना सोमबार बिहान सकिने निर्वाचन समितिले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved