यी हुन् कांग्रेसका आठ सहमहामन्त्री

शेरबहादुर देउवा प्यानलबाट ६ जना सहमहामन्त्री भएका छन् भने शेखर कोइराला प्यानलबाट २ जना भएका छन्।

नेपालभ्युज

यी हुन् कांग्रेसका आठ सहमहामन्त्री

काठमाडौं। नेपाली कांग्रेसको २४ औँ महाधिवेशन अन्तर्गत आठ सहमहामन्त्री नाम टुङ्गिएको छ।

बिहीबार र शुक्रबार भएको चुनाव मत परिणाम अनुसार ८ सहमहामन्त्रीको नाम टुङ्गिएको हो। शेरबहादुर देउवा प्यानलबाट ६ जना सहमहामन्त्री भएका छन् भने शेखर कोइराला प्यानलबाट २ जना भएका छन्।

केन्द्रीय सदस्य छान्न शुक्रबार नै मतगणना गरिने छ। सहमहामन्त्रीको मतगणना सकिएपछि केन्द्रीय सदस्यको मतगणना शुरू गरिनेछ।

शुरूमा मधेसी महिला केन्द्रीय सदस्यको मतगणना हुनेछ। खुला केन्द्रीय सदस्यका लागि शनिबार मतगणना हुने सम्भावना छ।

  • दलिततर्फ सहमहामन्त्री जीवन परियार (शेखर कोइराला समूह)
  • महिलातर्फ सहमहामन्त्री  महालक्ष्मी उपाध्याय (देउवा समूह)
  • आदिवासी जनजातितर्फ सहमहामन्त्री भीष्मराज आङ्देम्बे (देउवा)
  • मुस्लिमतर्फ सहमहामन्त्री फर्मुल्लाह मन्सुर (देउवा समूह)
  • मधेशी सहमहामन्त्री महेन्द्र यादव ( देउवा समूह)
  • खसआर्य सहमहामन्त्री किशोरसिंह राठौर (देउवा)
  • पिछडिएको क्षेत्रबाट, सहमहामन्त्री बन्द्री पाण्डे (शेखर कोइराला समूह)
  • थारूतर्फ महामन्त्री उमाकान्त चौधरी ( देउवा समूह)

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved