मधेशीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव निर्वाचित

कांग्रेसको मधेशीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव निर्वाचित भएका छन्।

नेपालभ्युज

मधेशीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव निर्वाचित

काठमाडौं। नेपाली कांग्रेसको मधेशीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव निर्वाचित भएका छन्। शुक्रबार सम्पन्न मतगणनामा निकटमत प्रतिद्वन्द्व रामकृष्ण यादवलाई २०६ मतले पराजित गर्दै उनी सहमहामन्त्री बनेका हुन्।

उनले २०२६ मत प्राप्त गरेका छन्। त्यस्तै, अर्का उम्मेदवार रामकृष्णले १८२० मत प्राप्त गरेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। महेन्द्रलाई समर्थन जनाएका रञ्जित कर्णले ४७२ मत प्राप्त गरेका छन्।

सहमहामन्त्रीमा निर्वाचित महेन्द्र सभापति शेरबहादुर देउवा पक्षका हुन् भने रामकृष्ण डा. शेखर कोइराला पक्षका हुन्। कांग्रेसमा क्लस्टर अनुसार आठ वटा सहमहामन्त्री रहने व्यवस्था छ। तीन वटा सहमहामन्त्रीको बिहीबार नै नजिता आएको थियो।

आज मुस्लिमतर्फ फरमुल्लाह मन्सुर, पिछडिएको क्षेत्रतर्फ बद्री पाण्डे, खस आर्यतर्फ किशोरसिंह राठौर र थारुतर्फ उमाकान्त चौधरी निर्वाचित भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved