गैरसरकारी संस्थालाई सुरक्षा व्यवस्था मिलाउन गृहमन्त्री खाँडको निर्देशन

नेपालभ्युज

गैरसरकारी संस्थालाई सुरक्षा व्यवस्था मिलाउन गृहमन्त्री खाँडको निर्देशन
फाइल तस्वीर

काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँडले गैरसरकारी संस्थाहरूलाई आवश्यक सुरक्षाको व्यवस्था तत्काल मिलाउन मन्त्रालय मातहतका निकायलाई निर्देशन दिएका छन्।

गैर सरकारी संस्था महासंघ नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै गृहमन्त्री खाँडले देश विकासको अभियानमा संलग्न गैरसरकारी संस्थाहरूलाई आवश्यक सुरक्षाको प्रबन्ध गर्न मातहतका सुरक्षा निकायलाई निर्देशन दिएका हुन्।

‘‘आवश्यक पर्‍यो भने जिल्ला सुरक्षा निकायले तपाईहरूलाई सुरक्षा प्रदान गर्नेछ,” उनले भने, ‘‘म यसै मञ्चबाट गृह मन्त्रालय मातहतका सुरक्षा निकाय र प्रशासनलाई निर्देशन दिन चाहन्छु–गैर सरकारी संस्थाहरूलाई आवश्यक परेको सहयोग, विधिसम्मत सहयोग र सुरक्षा तत्काल उहाँहरूको मागअनुसार पूरा गर्नुहोस्।”

उनले सरकारले राज्यका कुनै पनि निकायमा हस्तक्षेपकारी भूमिका खेल्न नचाहेको बताए। गैरसरकारी संस्थाकासन्दर्भ वा उद्योग व्यवसायसँग सम्बन्धित कुनै पनि संस्थाहरूमा सरकारले नियन्त्रणकारी र हस्तक्षेपकारी भूमिका खेल्न नचाहेको उनको भनाइ थियो। गैरसरकारी संस्थाहरूले कोरोना संकट, बाढी, पहिरोलगायतका प्राकृतिक विपदमा पनि उल्लेखनीय काम गरेको भन्दै उनले प्रशंसा गरेका थिए।

उनले गैरसरकारी संस्थाहरूको मागअनुसार कानून परिमार्जनको कामलाई अघि बढाउने तयारी भइरहेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved