भारतसँगको वार्ताबारे सी र पुटिनबीच छलफल

नेपालभ्युज

भारतसँगको वार्ताबारे सी र पुटिनबीच छलफल

एजेन्सी। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच निकट भविष्यमै त्रिपक्षीय वार्ता हुनसक्ने रुसी राष्ट्रपतिका एक सल्लाहकारले जनाएका छन्।

पुटिनका सल्लाहकार युरी उस्हाकोभका अनुसार पुटिन र सीबीच पछिल्लो समय भएको भिडियो कन्फ्रेन्सका दौरान त्रिपक्षीय वार्ताबारे छलफल भएको हो।

डिसेम्बर ६ मा छोटो समयका लागि पुटिन भारत आएका थिए। एक दिने भ्रमणका क्रममा उनले मोदीसँग वान टु वान वार्ता गरे, त्यसपछि मस्को फर्किएका पुटिनले सीसँग भिडियो वार्ता गरेका हुन्।

चीन र भारतबीच सन् २०२० को शुरुआतदेखि नै सीमा समस्यालाई लिएर तनाव छ। त्यहीकारण, पनि यस्तो त्रिपक्षीय वार्ता अहिलेको परिस्थितीमा महत्वपूर्ण साबित हुने ठानिएको छ।

सन् २०१९ मा पनि जी२० सम्मेलनका दौरान साइडलाइनमा मोदी, सी र पुटिनबीच वार्ता भएको थियो। तर, जुन २०२० मा चीन र भारतका सैनिकबीच गलवान उपत्यकामा भिडन्त भएपछि दुई देशिय सम्बन्धमा दरार आयो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved