कस्तो मान्छेलाई जिताएछु भन्दै पछुतो मान्ने अवस्था आउन दिन्नँ : गगन थापा

आफू कुनै समूहमा रहेर चुनाव लडे पनि अब सिङ्गो पार्टीको महामन्त्री भएकाले कुनै समूह, गुट नभनी काम गर्ने पनि बताए।

नेपालभ्युज

कस्तो मान्छेलाई जिताएछु भन्दै पछुतो मान्ने अवस्था आउन दिन्नँ : गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गगन थापाले नागरिकलाई पार्टीप्रति भरोसा दिलाउनु आफ्नो पहिलो काम हुने बताएका छन्।

जितपछि पार्टी कार्यालय सानेपामा पत्रकारसँग कुरा गर्दै थापाले नागरिकले पार्टी र नेताहरूलाई भरोसा नगरिरहेको अवस्थामा आफूले नागरिकको भरोसा बढाउने बताए।

उनले मतदातासामु गरेका बाचाअनुसार काम गर्ने र एक दिन पनि कतै नचुक्ने तथा गलत काममा नलाग्ने प्रतिबद्धतासमेत जनाए। ‘‘मैले कस्तो मान्छेलाई मत दिएर जिताएछु भनेर पछुतो मान्ने अवस्था आउन दिनेछैन, पुरै नैतिकताभित्र रहेर काम गर्नेछु’’, थापाले भने।

आफू कुनै समूहमा रहेर चुनाव लडे पनि अब सिङ्गो पार्टीको महामन्त्री भएकाले कुनै समूह, गुट नभनी काम गर्ने पनि बताए।

सबै मिलेर सभापतिलाई बल, तागत दिएर सही ठाउँमा पुर्‍याउने भन्दै महामन्त्री थापाले चुनावी प्रतिस्पर्धाका क्रममा कसैलाई अन्याय वा विवाद भएको भए सम्बन्धलाई फेरि सुमधुर बनाउन कोसिस गर्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved