अमेरिकामा कोरोनाले मर्नेको संख्या ८ लाख कट्यो

नेपालभ्युज

अमेरिकामा कोरोनाले मर्नेको संख्या ८ लाख कट्यो
पृष्ठभूमीमा देखिएकाे हरेक सेताे झन्डा मृतकको संझनामा गाडिएको हो।

एजेन्सी। अमेरिकामा कोभिड १९ कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ८ लाख नाघेको छ। यसअघि सोमबार अमेरिकामा कोरोना पुष्टि हुनेको कुल संख्या ५ करोड पुगेको थियो।

मृत्यु हुनेमा अधिकांश खोप नगाएका र जेष्ठ नागरिक छन्। सन् २०२० को दाँजो २०२१ मा धेरै अमेरिकीहरुले ज्यान गुमाएका छ।

पछिल्लो ११ सातामा १ लाखको मृत्यु भइसकेको छ। ‘समुदायमा रोगसँग जुध्ने पर्याप्त क्षमता विकास नभएसम्म यस संक्रमणको लहर निरन्तर रहने हामीले देखेको छौं। अहिलेसम्म त्यस्तो प्रतिरोधी क्षमता विकास भइसकेको छैन,’ जोन्स हिप्कन्स ब्लुम्वर्ग स्कल अफ पब्लिक हेल्थ इपिडेमियोलोजिस्ट डाक्टर केरी अल्थोफले भने।

गत जाडोयाममा अमेरिकाले फाइजर खोप प्रयोगमा ल्याएको थियो। त्यसयता ३ लाखभन्दा धेरैले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन्।

गत अप्रिलमा थप दुई खोप मोर्डना र जोन्सन एन्ड जोन्सन (एकपटक लगाए पुग्ने) ले स्विकृति पाएका थिए। यी सबै खोपहरु सबै उमेरका वयस्कका लागि उपलब्ध गराइएको थियो। यद्यपी, मृत्युदर घट्न सकेको छैन।

८ लाख भनेको बोस्टन र वासिङटन डिसीजस्ता शहरको कुल जनसंख्याभन्दा पनि माथि हो। दोस्रो विश्वयुद्धमा मर्ने अमेरिकीहरुको संख्याभन्दा यो करिब दोब्बर हो।

कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सुचीमा अमेरिका पहिलो नम्बरमा छ। दोस्रो नम्बरमा ब्राजिल छ, जहाँ ६ लाखभन्दा धेरैको मृत्यु भयो। त्यस्तै, भारतमा पनि ४ लाख ७५ हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved